आज ५९औं राष्ट्रिय सहकारी दिवस मनाइदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आज ५९औं राष्ट्रिय सहकारी दिवस मनाइदै



काठमाडौ । आर्थिक विकास र समाजिक रुपान्तरणका लागि सहकारी भन्ने नाराका साथ आज ५९औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । दिवसको अवसरमा राजधानी काठमाडौं लगायत मुलुकभरका सहकारीसँग सरोकार राख्ने सङ्घसंस्थाहरुले ¥याली, सभा तथा छलफलको आयोजना गर्दैछन् ।

यसवर्षको सहकारी दिवस रचनात्मकरुपमा मनाउने पूर्वयोजनाअनुसार एक हप्तादेखि सहकारीको विकासको बारेमा सरोकारवाला निकायसँगहरुको छलफल जारी राखिएको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले जानकारी दिए । नेपालमा वि सं२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरण गर्दै प्रत्येक वर्षको चैत २० मा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । मुलुकभर करिब ३२ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार ००:५४