हिमालयन बैंकबाट श्रेष्ठ बाहिरिए, अध्यक्षमा गौतम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकबाट श्रेष्ठ बाहिरिए, अध्यक्षमा गौतम



काठमाडौं । हिमालयन बैंकको २७औं वार्षिक साधारणसभाबाट वर्तमान अध्यक्ष मनोज बहादुर श्रेष्ठ बाहिरीएका छन् । सभाले बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसी प्रसाद गौतमलाई चयन गरेको छ । कर्मचारी सञ्चय कोषका तर्फबाट बैंकको सञ्चालक गौतमलाई बैंकको २७औं साधरणसभाले अध्यक्ष चयन गरेको हो । बुधबार सम्पन्न भएको सभामा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा गौतमसहित प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका हुन् । यससँगै लामो समयदेखि बैंकको अध्यक्ष रहँदै आएका मनोजबहादुर श्रेष्ठ बैंकबाट बाहिरिएका छन् । झण्डै दुई दशकदेखि हिमालयन बैंकमा श्रेष्ठ अध्यक्ष थिए ।

सभाबाट ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेका हुन ।

बैंकको साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ पुग्नेछ । साधरण सभामा संचालक समितिको तर्फबाट तत्कालीन अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

श्रेष्ठले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक रहेकाले बैंकको विश्वसनीयता र सुधारमा अझै प्रभावकारिता ल्याउन नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउनेतर्फ काम गर्नुपर्ने धारणा राखेका थिए । बैंकले आ.व. २०७५÷७६ अन्त्य सम्म रु. १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र रु. ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार १३:३८