आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई रु तीन लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्नुभयो ।


आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराउनुभयो ।


त्यसैगरी डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भईनैरहने जानकारी गराउनुभयो ।


कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनलाई मध्यनजर गर्दै सरकारले गर्‍यो महत्वपूर्ण निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको

लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा

काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला

ग्लोबल आइएमई बैंकद्वारा रु एक करोड १५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९