सुनको मुल्यले तोड्यो रेकर्ड



काठमाडाै । मंगलबार छापावाला सुनको मुल्य हालसम्म कै उच्च अर्थात् नयाँ उचाईमा पुगेको छ । अन्तरराष्ट्रिय अर्थतन्त्रमा आइरहेको तनावका कारण पछिल्लो सुनको मुल्य बढ्दै गएको छ ।


मंगलबार सुनको मुल्य प्रतितोला रू. ७६ हजार ७०० पुगेको छ, जुन हालसम्म कै उच्च हो । यसअघि गत पौषमा मात्र सुनको मुल्य प्रतितोला ७६ हजार ५०० सम्म पुगेको थियो । आज भने सुनको मुल्यले त्यो रकेर्ड तोड्दै नयाँ उचाईमा पुगेको छ ।


अमेरिका र चीनको व्यापार युद्ध, इरान र अमेरिका बीचको राजनीतिक तनाव जस्ता कारणले विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । फलस्वरुप सुनको मुल्य बढ्दै गएको छ ।


हिजो सुनको मुल्य प्रतितोला रु. ७६ हजार ५०० थियो । आज मात्र सुनको मुल्य २०० ले बढेको छ । यसैगरि तेजावी सुनको मुल्य प्रतितोला ७६ हजार ४०० रहेको छ । यसैगरि आजको लागि चाँदीको मुल्य ८९० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
मनकामना केबलबार चैत ३१ गतेसम्मको लागि बन्द

मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ। सरकारको निर्णयलाई

बजाजको नयाँ शोरुम प्यूठानमा उद्घाटन

काठमाडौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले

सुनको भाउ ५ सयले बढ्यो

काठमाडाैँ । सोमबार सुनको भाउ ५ सयले बढेको छ । आइतवार तोलाको ७७

ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा

काठमाडौं । नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराना भाईरसका कारण समस्यामा परेका छन् ।