सहकारी दिवस सम्पन्न गर्न ११ उपसमिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी दिवस सम्पन्न गर्न ११ उपसमिति गठन



काठमाडौ । यस वर्षको ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले ११ उपसमिति गठन गरेको छ । आगामी चैत्र २० गते सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको प्राङ्गणमा मनाउन लागिएको सहकारी दिवसका विभिन्न कार्यक्रमहरु तय गरी उपसमितिलाई जिम्मा दिइएको सहकारी दिवस मूल समारोह समितिका संयोजक डा. टोकराज पाण्डेले जानकारी दिए ।

भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले उद्धघाटन गर्ने कार्यक्रममा नेपालको पहिलो सहकारी बखान सहकारीका जिवित संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी दिवस कार्यक्रम अवधिभर देशभरका सहकारी संस्था तथा सहकारीका सदस्यको उत्पादन प्रदर्शन तथा विक्रीका लागि स्टल राखिने मूल आयोजकले जनाएको छ ।

गठन गरेको उपसमितिमा प्रदर्शनी ब्यवस्थापन, स्वयमसेवक तथा प्राथमिक उपचार, मञ्च तथा कार्यक्रम ब्यवस्थापन, प्रचार प्रसार, अतिथि सत्कार, संस्थापक सम्मान लगाएतको उपसमिति गठन गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनको बखानपुर (हालको शारदानगर) मा नेपालको पहिलो सहकारी संस्था स्थापना भएको दिनलाई आधार मानेर हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहीबार १३:४२