लक्ष्मी बैङ्क १५ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैङ्क १५ औं वर्षमा प्रवेश



काठमाडाै । लक्ष्मी बैङ्कले आफ्नो कार्यकालको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । सन् २००२ मा स्थापना भएको बैङ्कले बृहत् जनस्तरमा बैङ्किङ सेवा प्रदान गर्न सफल भएको छ । सञ्चालनको छोटो अवधिमा नै बैङ्कले रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ ।

laxmi-bank-

प्रतिस्पधात्मक नेपालको बैङ्किङ क्षेत्रमा बैङ्कले कुशल संस्थागत सुशासन, जोखीम व्यवस्थापन प्रणाली, सक्षम प्रविधिलगायत उत्तम व्यवस्थापन भएको बैङ्कका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

बैङ्कले ५ सयभन्दा बढी कर्मचारीमार्फत ४९ ओटा शाखा र ६२ एटीएममार्फत आफ्ना सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस अतिरिक्त बैङ्कले विद्युतीय बैङ्किङ सेवा पनि प्रदान गर्दैै आएको छ । बैङ्कले सन् २००९ देखि मोबाइल बैङ्किङ (मोबाइलमनी) सेवासमेत सञ्चालनमा ल्याएको हो । हाल बैङ्ककोे वासलातको आकार ३९ अर्ब रुपैयाँ रहेका छ भने सम्पूर्ण वित्तीय सूचक सकरात्मक रहेका छन् ।

यसले इण्टरनेट, कार्ड तथा मोबाइल फोनजस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोगमार्फत हरियाली मैत्री बैङ्किङ सेवाप्रदान गर्न सक्षम भएको छ । बैङ्कको इन्भेष्टमेण्ट बैङ्किङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि’ सन् २००९ देखि सञ्चालनमा आएको हो । यसैगरी दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि’ सन् २०१२ देखि सञ्चालनमा आएको छ । संस्थाले हाल ३० ओटा शाखामार्फत लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार १४:२२