निकै सस्तोमा क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

निकै सस्तोमा क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा



काठमाडौँ। विगत दश वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरि उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ ।

यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठुलो राहत पुग्ने कम्पनीले जनाएको छ ।

हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ । अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्कीम “आयो है आयो“ बजारमा आएको छ ।

यस कम्पनीले ३० एमबीपीएस गतिको “आयो है आयो“ प्लान मात्र ९०० रुपैयाँप्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुविधा निशुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुविधा उपलब्ध गराईएको यो पहिलो पटक हो ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलवार १४:४९