अपि पावर कम्पनीलाई ४७ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अपि पावर कम्पनीलाई ४७ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडाै । अपि पावर कम्पनीलाई ४७ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले १ः०.४७ अनुपातमा ५६ लाख ५७ हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता (२०० प्रतिशत ) हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

तर, त्यतिबेला प्रकृया पूरा नगरीकन हकप्रद ल्याउन लागेको भन्दै धितोपत्र बोर्डले अनुमति दिएको थिएन । बोर्डले हकप्रद अनुमतिको पाइपलाइनबाटै अपिलाई हटाएको थियो । अहिले आएर बल्ल बोर्डले कम्पनीलाई ४७% हकप्रद बिक्री गर्न अनुमति दिएको छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलवार १५:१५