गुराँस लाइफ इन्स्योरेन्सको बुक क्लोज फागुन २२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुराँस लाइफ इन्स्योरेन्सको बुक क्लोज फागुन २२ गते



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको आगामी फागुन २२ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।

कम्पनीको ९औं वार्षिक साधारणसभाले इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर प्रस्तावलाई पारित गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलवार १५:१६