जिफण्टले खोल्यो बैंक, वित्त तथा सहकारी क्षेत्रको कर्मचारीको युनियन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिफण्टले खोल्यो बैंक, वित्त तथा सहकारी क्षेत्रको कर्मचारीको युनियन



काठमाडाै । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले बैंक, वित्त तथा सहकारी क्षेत्रको कर्मचारीको युनियन स्थापना गरेको छ । जिफन्टले पहिलो पटक देशभरका बैंक वित्तीय क्षेत्रका कर्मचारीलाई समेट्ने गरी युनियन गठन गरेको हो ।

बैंक वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान तथा कर्मचारी हकहितका लागि सो क्षेत्रको छुट्टै युनियन गठन गरिएको जिफन्टले जानकारी दिएको छ । राजधानीमा आज भएको सम्मेलनले नारायण अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यूनियनको उपाध्यक्षमा प्रदिप दाहाल, महासचिवमा दिव्यराज सापकोटा रहेका छन् भने आर्थिक सचिवमा भैरव श्रेष्ठ र महिला सचिवमा जमुना गिरी बराललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा नारायणीबाट उमाकान्त पौडेल, सगरमाथाबाट सुनील झा, महाकालीबाट प्रेम ऐरी, लुम्बिनीबाट भुपराज भट्टराई, वागमतीबाट बिमल दाहाल, कोशीबाट मन्दिरा भट्टराई, वागमतीबाट भवानी उप्रेती, गण्डकीबाट सन्तोष शर्मा र नारायणीबाट कमला गिरीलाई चयन गरेको छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार ०३:०२