पर्वतमा १५ करोडको सुन्तला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्वतमा १५ करोडको सुन्तला



पवर्त । पर्वतमा यस बर्ष उत्पादित सुन्तला बिक्रीबाट १५ करोड आम्दानी भएको छ । झण्डै ३ हजार ३ सय मेट्रिक टन सुन्तला उत्पादन भई निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । ६ सय ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा गत बर्षको तुलनामा कृषकले राम्रो मूल्य पाएका हुन् । फलेको सुन्तलाको बजारीकरणमा पनि समस्या नपरेपछि आम्दानी राम्रो भएको हो । पर्वतको सुन्तला पोखरा हँुदै चितवन, काँकडभिट्टा, बुटवललगायतका शहरमा पुग्ने गरेको छ । आजभोलि कृषकले ग्रेडिङका आधारमा डि ग्रेडको सुन्तलाबाट जुस उत्पादन गर्न पनि थालेको र यसरी पनि रामै्र आम्दानी हुने कृषकको भनाइ छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार ०३:२१