सहकारीखबर चौंथो वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीखबर चौंथो वर्षमा प्रवेश



काठमाडौं । को–अपरेटिभ मिडिया सोलुसन प्रालि.द्वारा सञ्चालित सहकारीखबर डटकम अनलाईन स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को सभाहलमा एक कार्यक्रम गरी अनलाईनको स्थापना दिवस मनाइएको छ ।

index
सहकारीखबरका प्रकाशक÷सम्पादक काजी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा शुभकामना व्यक्त गर्दै सिजेएनका अध्यक्ष डिल्लीप्रसाद सापकोटा, जिल्ला सहकारी संघ काठमाडौका कोषाध्यक्ष मनोज भण्डारी, संघकी संचालक अमरावती महर्जन, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, नेपाल प्रेस यूनियन काठमाडौ शाखाका अध्यक्ष नकुल अर्याल लगायतले शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको विकासमा सहकारीखबर डटकमले उल्येख्य योगदान गरेको बताएका छन् । आगामि दिनमा सहकारी क्षेत्रका खबरहरुलाई सत्यतथ्य र निष्पक्ष्य ढंगले गहिरिएर खोजतलास गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ ।
स्थापना दिवसको अवसरमा प्रकाशित ‘सहकारीखबर स्मारिका’ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सहकारीखबरका प्रकाशक÷सम्पादक काजी श्रेष्ठले अग्रज एवं सहकारी क्षेत्रका विज्ञहरुको सुझावलाई मनन गर्दै अर्थतन्त्रको एक खम्बाको रुपमा परिभाषित सहकारीको विकासमा सहकारी खबर अग्रमोर्चामा रहने धारणा राखे  । कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजन)का कोषाध्यक्ष भिम गौतम, पर्यटन पत्रकार संघ (जाट–नेपाल)का सचिव हरिशरण न्यौपाने, प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष रामेश्वर कार्की लगायत सहकारीकर्मी, संचारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार ०९:२१