सिभिल बैंकले किन्यो सिभिल क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकले किन्यो सिभिल क्यापिटल



काठमाडौं । सिभिल क्यापिटल मार्केट्स अब सिभिल बैंकको सहायक कम्पनीका रुपमा सञ्चालन हुने भएको छ । सिभिल बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडको ५१ प्रतिसत सेयर किनेर आफ्नो सहायक कम्पनी बनाएको हो ।
बैंकले केही समय अघि सिभिल क्यापिटलको सेयर खरिद गर्ने संझौता गरेको थियो । सिभिल बैंक र क्यापिटलमा सस्थापकहरु एउटै समूहका छन् । यही कारण बैंकले क्यापिटलको सेयर किनेको हो ।
सिभिल क्यापिटल मार्केट सहायक कम्पनी बनाएपछि बैंकले आफ्ना २४ वटा शाखा कार्यालयबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने जानकारी गराएको छ । अब सिभिल बैंक लिमिटेडका २४ वटा शाखाकार्यालयबाट  डिम्याट खाता खोल्ने, धितोपत्र अभौतिकरण गर्ने लगायतका सेवा उपलब्ध हुने छन् ।
बैंकले आर्थिक वर्ष २०७१/७२ मा घोषणा गरेको बोनस शेयर तथा नगद लाभांश समेत वितरणको लागि शेयरधनीहरुलाई बैंकको सवै शाखा कार्यालयमा डिम्याट खाता तथा बैंक खाता उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार ०६:३६