डेढ अर्बभन्दा बढीको आईपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डेढ अर्बभन्दा बढीको आईपीओ आउदै



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार ०८:२०