लिवर्टी इनर्जी कम्पनीको आइपीओ निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लिवर्टी इनर्जी कम्पनीको आइपीओ निष्कासन



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ खुला भएको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत आइपीओ आज द‍ेखि निष्कासन गरेको हो ।

कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका लागि मंगलबारबाट १५ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं ६ र ७ का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता (३३.३३ प्रतिशत) र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं ११ का स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३ प्रतिशत) शेयर निष्कासन गरेको हो ।

लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३ प्रतिशत) शेयर पनि कम्पनीले बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

यो आइपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै बिक्री नभएमा भने चैत २६ गतेसम्म भर्न सकिनेछ ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलवार १०:५१