कामना सेवा विकास बैंकको एकैसाथ दुई शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंकको एकैसाथ दुई शाखा विस्तार



काठमाडाै । कामना सेवा विकास बैंकले एक साथ दुईवटा शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा नं १ मा र झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा एक/एक वटा शाखा सञ्चालनमा ल्याएको हो ।

इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए । यसैगरी इटाभट्टा शाखाको उद्घाटन मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले १२२ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार २०:२५