नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घट्यो



STOCKकाठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घटेको छ । कारोबार शुरु भएको १० मनेटमा ५ अङ्क भन्दाले बढेको परिसूचक त्यसपछिको व्यापार भने आरालो लाग्न थालेको हो । यस दिनको व्यापार १ हजार ३ सय ३९ न्यून विन्दुमा पुगेको थियो । दिनभरिको व्यापारमा नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले घटेर १ हजार ३ सय ५१ दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ ।

होटेल समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक उच्च अङ्कले बढेपनि बाँकी समूह घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । यस दिन नेप्सेमा रू. ५२ करोड ६७ लाख बराबरको रकम कारोबार भएको छ भने रू. १४ खर्ब ५६ अर्बको कूल बजार पूँजीकरण भयो ।

होटेल समूहको परिसूचक १ दशमलव ५३ प्रतिशतले बढेको छ । सोल्टी होटेलको शेयर मूल्य रू. ९ ले बढेपछि यस समूहको परिसूचक २७ दशमलव ४२ अङ्कले बढेको हो । आइतबार तारागाँउ रिजेन्सी होटेलको भने कारोबार भएको छैन । यस होटेलको २०७३ बैशाख १३ गते साधारण सभा हुँदैछ । साधारण सभाको प्रयोजनको लागि कम्पनीको शेयर दर्ता पुस्तिका चैत २३ गतेदेखि बैशाख १३ गतेसम्म बन्द रहनेछ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ४९ प्रतिशतले बढेको छ । युनिलिभर नेपालको शेयर मूल्य रू. ५ सय ८० ले बढेपछि उक्त समूहको परिसूचक ३० अङ्कले बढेको हो ।

विकास बैङ्क समूहको परिसूचक १ दशलमव शून्य २ प्रतिशतले घटेको छ । अधिकांश विकास बैङ्कहरुको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर १ हजार ३ सय ४० दशमलव ४९ विन्दुमा झरेको छ । त्यसैगरी, बीमा समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ७२ प्रतिशत र जलविद्युत्को शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य २ प्रतिशतले घटेको छ ।

यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू. ३ करोड ८५ लाख बराबरको रकम कारोबार भएको छ । यस बैङ्कको शेयर मूल्य रू. ६७ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ८५ पुगेको छ । साथै, सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको रू. ३ करोड ८३ लाख र नबिल बैङ्कको रू. ३ करोड ३७ लाख बराबरको रकम कारोबार भएको छ । यसैगरी, माउण्ट मकालु डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । यस दिन महिला सहयात्रा माइक्रो फाइनान्स वित्तिय संस्थाको शेयर मूल्य भने ९ सय ९८ प्रतिशतले घटेको हो ।

नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ६६ दशमलव १२ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरिद विक्री चाप सामान्य रहेको देखाउँछ ।

आइतबार नेप्सेमा १ सय २७ कम्पनीको २ हजार ६ सय ११ व्यापारबाट ७ लाख ९ सय ३५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ४५ कम्पनीको शेयरमूल्य बढेको छ, ७७ कम्पनीको शेयरमूल्य घट््यो र ५ कम्पनीको शेयर मूल्य स्थिर र≈यो । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ५८ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १३:४७