एलआइसी नेपालको साधारणसभाको लागि बाटो खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एलआइसी नेपालको साधारणसभाको लागि बाटो खुल्ला



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको साधारणसभाको लागि बाटो खुल्ला भएको छ । नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७१/७२ को आर्थिक प्रतिवेदनलाई पारित गरेसँगै साधारणसभाको लागि बाटो खुलेको हो ।

कम्पनीका सचिव विनोद कुमार भुजेलले बीमा समितिबाट आर्थिक प्रतिवेदन पारित भएको जानकारी दिंदै अब छिट्टै साधारणसभा बस्ने जानकारी दिए । उनले साधारणसभाको मिति तय भने भइनसकेको भन्दै छिट्टै साधारणसभा बस्ने जानकारी दिए ।

कम्पनीको यसअघि बसेको  ७८ औं सञ्चालक समिति बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल ८५ करोड ५५ लाख ६२ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीका बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ नाघ्ने एलआइसी नेपालले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १६:२०