मनकामना केबलबार चैत ३१ गतेसम्मको लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मनकामना केबलबार चैत ३१ गतेसम्मको लागि बन्द



मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ।

सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि केवलकार बन्द गर्न लागेको कम्पनीले आज एक सूचना प्रकाशन गर्दै केबलकार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।

गोरखाको मनकामनामा रहेको मनकामना मन्दिर दर्शनको लागि मात्रै केबलकारबाट दैनिक हजारौँ यात्रुहरुले सेवा लिँदै आएका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै सेवा बन्द गर्न लागेको कम्पनीले बताएको छ ।

प्रकाशित : ६ चैत्र २०७६, बिहीबार १६:००