कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क



काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिने भएका छन् ।

जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यस्था बैंकहरुले मिलाएका छन् । बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन् । यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो ।

अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनीहरुले अत्यावश्यक अवस्थामाबाहेक बैंक शाखामा नजान आग्रह गरेका छन् ।

प्रकाशित : ८ चैत्र २०७६, शनिबार ०९:३१