क्वारेन्टाइनका रुपमा प्रयोग गर्न होटलहरु सरकारलाई दिन्छौं: होटल व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

क्वारेन्टाइनका रुपमा प्रयोग गर्न होटलहरु सरकारलाई दिन्छौं: होटल व्यवसायी




काठमाडौं । काठमाडौंका सबै होटलहरु आवश्यक परे क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् ।

शनिबार होटल व्यवसायी महासंघको नेतृत्वमा बसेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ र काठमाडौं जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाण्डौमा पर्यटन सम्बद्ध सबै होटलहरु सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परे क्वारेन्टाइन संचालनका लागि दिने निर्णय गरेका छ ।

अन्य जिल्लामा पनि जिल्ला अध्यक्षहरुसँग समन्वय गरी क्वारेन्टाइनका रुपमा होटल प्रयोग गर्न दिन सकिने महासंघले जनाएको छ ।

सबै होटलहरु क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा सरकारले आवश्यक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विशेष निगरानीमा क्वारेन्टाइन पूर्वाधारका लागि उचित प्रबन्ध गर्नुपर्ने महासंघले माग गरेको छ । कोरोना त्रासका कारण होटल व्यवसाय चौपट भएको छ ।

तर, राज्यलाई विपत आएको अवस्थामा आफूहरु सहयोग गर्न तयार रहेको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्यज शाहले बताए । व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : ९ चैत्र २०७६, आईतवार ०९:२१