ग्लोबल आइएमई बैंकद्वारा रु एक करोड १५ लाख सहयोग




काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु एक करोड योगदान गर्ने निर्णय गरेको छ ।

सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
होटल व्यवसायीलाई ग्लोबल आइएमई बैंक सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण व्याजदरमा

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा

काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा

‘घ’ वर्गका वित्तीय संस्थालाई नितिमा कस्दै राष्ट्र बैंक, यी काम गर्न बन्देज

काठमाडाै । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाको नयाँ व्यवस्था लागु गरेको

लय समाउदै नेप्से,कति भयो कारोबार ?

काठमाडाै । साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ