कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा



बाग्लुङ । बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिए ।

“देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ” सुनारले भने “सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।” गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने रु एक लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कोरोनाका नाममा ब्रम्हलुटको प्रयास: ओम्नीको टेन्डर रद्द, पाँच करोड धरौटी जफत

काठमाडौं । सरकारले कोरोना उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण

कोरोनाको प्रभाव : सरकारको राहत प्याकेजमा छुटैछुट !

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावितलाई राहत प्याकेज ल्याएको छ । मन्त्रिपरिषद्को आइतबारको

सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने

काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने भएको छ । कोरोना

३८ लाख ग्राहकलाई विद्युत् महसुल २० प्रतिशत छुट: राज्यलाई ५० करोड नोक्सान

काठमाडौं । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ ।