लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा




काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला राखेका छन् ।

बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै कर्मचारीको हितलाई ध्यानमा राखेर एउटा शाखा खोलेर सेवा दिन बैंकहरु तयार भएका हुन् ।

अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । लकडाउनका बेला नगद कारोबारको मात्रै बैंकले सेवा दिने बताइएको छ ।

उपत्यका बाहिरका बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोलेर बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

संकटको अवस्थामा सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न पाउन् भन्ने उद्देश्यले एटीएम नभएका शाखा खोल्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।

एटीएम भएका शाखाहरु भने बन्द हुने छन् । एटीएम बुथहरु सञ्चालन हुने छ । बैंकहरुले एटीएममा नियमितरुपमा पैसा हाल्ने छन् ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार १४:२९