कोरोना कोषमा राष्ट्र बैंकको एक करोड चार लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना कोषमा राष्ट्र बैंकको एक करोड चार लाख सहयोग




काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खोलेको कोषमा एक करोड चार लाख रुपैंयाँ सहयोग गर्ने भएको छ ।

राष्ट्र बैंकका कामु। गभर्नर चिन्तामणी शिवाकोटीले एक दुई दिनभित्रमा कोषमा रकम हस्तान्तरण गर्न लागिएको जानकारी दिए । राष्ट्र बैंकका सबै कर्मचारीहरूले सरकारलाई सहयोग गर्न लागेका हुन् ।

शिवाकोटीले भने, –‘हामीले सबै कर्मचारीहरूलाई अनुरोध गरेका छौं, एक दुई दिनभित्रमा कोषमा रकम दिन्छौं ।’ नेपाल राष्ट्र बैंकको ऐन अनुसार कर्मचारीहरूले उक्त सहयोग गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित : १८ चैत्र २०७६, मंगलवार १७:५३