कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको दुई करोड रुपैयाँ




काठमाडौं । सरकारले बनाएको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

पूर्वराजा शाहले मंगलबार सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

जारी सन्देशमा उल्लेख छ, ‘आपत(विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषमार्फत २ करोड रूपैयाँ नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’

‘लकडाउन अनिवार्य भएको भन्दै यसकोे पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने’ उनले बताएका छन् । राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको पूर्वराजा शाहले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट, पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन

काठमाडौ‌ं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब