ङ्यादीको सेयरमा दुई दिनमै १ अर्ब ७८ करोडको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ङ्यादीको सेयरमा दुई दिनमै १ अर्ब ७८ करोडको आवेदन



IPOs1ठमाडौं । ङ्यादी ग्रुप अफ पावरले चैत २१ गते (आइतबार) देखि सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा दुई दिनमै १ अर्ब ७८ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ९ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ५ गते सेयर निष्काशन बन्द गर्ने जनाएको थियो ।

तर, दुई दिनमै मागभन्दा झन्डै २० गुणा बढी आवेदन परेपछि चैत २४ गते नै कम्पनीको सेयरको बिक्री बन्द हुने भएको छ ।

‘सेयर खुलेको दुई दिनमै (सोमबार साँझसम्म) मा नै १ अर्ब ७८ करोड रुपैयाँको माग आवेदन परेको छ,’ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत मेघबहादुर थापाले अनलाइनखबरसँग भने ।

कम्पनीको सेयरमा आवेदकले कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँको र अधिकतम ५० हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मको सेयर आवेदन दिन पाउने छन्।

हाल कम्पनीको अधिकृत पुँजी ६६ करोड ७० लाख रुपैयाँ रहेको छ भने जारी पुँजी ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीमा संस्थापकतर्फ ९२ सेयर धनीको पुँजी ७० प्रतिशत रहेको छ

कम्पनीको सेयरमा नेपाल इन्भेष्टमेन्ट बैंकका देशभरका शाखाबाट आवेदन दिन सकिने छ । त्यसैगरी, ङ्यादी हाइड्रोपावरको अनामनगरस्थित कार्यालय, भिवोर क्यापिटल, ग्रोमर मर्चेन्ट बैंकर र गुहृवेश्वरी मर्चेन्ट फाइनान्सका शाखा कार्यालयहरुमार्फत पनि सर्वसाधारणले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, साझा विकास बैंक, काठमाडौं फाइनान्स र अरनिको डेभलपमेन्ट बैंकका शाखामार्फत पनि सेयर भर्न पाइने व्यवस्था मिलाइएको एनआइबिएलका सीइओ थापाले जानकारी दिए ।

लमजुङको भुलभुले गाविसमा रहेको सिउरी खोलाबाट ५ मेगावाट विद्युत उत्पादन गर्नेछ। सिउरीखोलाबाट उत्पादन हुने विद्युत एकमुष्ठ रुपमा विद्युत प्राधिकरणलाई बेच्ने बताइएको छ।

प्रकाशित : २३ चैत्र २०७२, मंगलवार ०९:३९