कानुन उल्लंघन गर्दै पैसा विदेश र्पुयाउनेको सूचिमा ७ नेपाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कानुन उल्लंघन गर्दै पैसा विदेश र्पुयाउनेको सूचिमा ७ नेपाली



moneyकाठमाडौं । एक वर्षअघि ‘स्विस लिक ‘ मार्फत सम्पत्ति शुद्धीकरण गर्न अफसोर अकाउन्ट खोल्नेका नाम सार्वजनिक र्गयो ।

केही नेपालीको खाता रहेको खुलासा भएपछि हल्लीखल्ली मच्चिये । संसदीय समिति र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भए पनि केही भएन ।

अहिले खोज पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय संस्था( आईसीआईजे) ले करका लागि स्वर्ग मानिने देशका लगानीका लागि सहयोग गर्ने भनिएको पानामाको ‘मोसाक फोन्सेका’ को गोप्य दस्तावेज सार्वजनिक गरेको छ ।

त्यसमा बलिउड कलाकार अमिताभ बच्चन, उनकी बुहारी एश्वर्या राय पनि परेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री नवराज सरिफ, साउदी अरबका राजा तथा आइसल्यान्डका प्रधानमन्त्रीले समेत स्वदेशमा कर छलेर भर्जिन आइल्यान्डमा लगानी पुर्याएको दस्तावेजले देखाएको छ । त्यस्तै फुटवलर लिओनल मेसीको नाम पनि रहेको छ ।

सूचीमा अदृश्य लगानी गर्नेहरुको अन्तर्रा्ष्ट्रिय सूचिमा नेपाली पनि परेका छन् ।

आइतबार सार्वजनिक गरेको गोप्य दस्तावेजअनुसार त्यसरी कर नतिरी पैसा विश्वका विभिन्न ‘ट्याक्स हृयाभेन’ टापु तथा अन्य मुलुक पुर्याउनेमा ७ नेपाली समेत रहेका छन् ।

उनीहरुले नेपालमा गरेको कमाइलाई यहाँको कानुनअनुसार तिर्नुपर्ने कर नबुझाई कानुन उल्लंघन गर्दै पैसा विदेश र्पुयाएका हुन् ।

यी मध्ये एउटा कम्पनी नेपाल ‘भेन्चर्स’ लिमिटेड रहेको गोप्य दस्तावेजमा उल्लेख छ ।  पेरुमा काम गर्ने भनिएको सो कम्पनीको पृष्ठभूमिबारे केही खुलाइएको छैन ।  नेपालमा कर छलेर पैसा विदेश पुर्याउने अन्य ६ छन् । उनीहरुको नाम र पृष्ठभूमिबारे खुलेको छैन ।

पत्रकारहरुको संस्थाले ८ महिनाको अनुसन्धानपछि मध्य अमेरिकास्थित पानामास्थित कर छलीको पैसाबाट कम्पनी स्थापना गर्ने ल र्फमका दस्तावेज सार्वजनिक गर्दा स्वदेशमा कर छलेर पैसा विदेश र्पुयाउनेहरु सार्वजनिक भएका हुन् । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित : २३ चैत्र २०७२, मंगलवार ०९:४४