
निगम स्रोतका अनुसार सोमबार आईओसी र एनओसीका अधिकारीबीच अबेर रातिसम्म द्विपक्षीय वार्ता र छलफल भएको थियो। ‘राति अबेरसम्म द्विपक्षीय वार्ता भयो, निगम स्रोतले भन्यो,‘वार्ताको क्रममा आईओसीले मागेको परिमाणमा इन्धन उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका थिए।’
स्रोतका अनुसार एनअोसीले द्विपक्षीय व्यापार सम्झौता अनुसार नेपालले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अार्इओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउन नसक्दा नेपाली बजारमा इन्धनको ठूलो अभाव खड्किएको र उपभोक्तामाझ निगम आलोचनाको पात्र बनेको भन्दै बेलिविस्तार लगाएको थियो।
Comment