लकडाउनको असर: पाँचतारा साकोसले सदस्यलाई दुई हजार रुपैंयाँ राहत दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

लकडाउनको असर: पाँचतारा साकोसले सदस्यलाई दुई हजार रुपैंयाँ राहत दिने



काठमाडौं । पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले न्यून आय भएका सदस्यहरुको पहिचान गरेर प्रति सदस्य दुई हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

संस्थाले स्थापना गरेको पाँचतारा प्राकृतिक विपत् कोषबाट सदस्यहरुलाई उक्त रकम सहयोग गर्न लागेको हो ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा सदस्यलाई आवश्यकता पर्ने खाद्ययान्न तथा औषधी उपचार लगायतको खर्चकालागि राहत हुन्छ भनेर उक्त सहयोग गर्ने निणर्य भएको अध्यक्ष पाठकले बताए ।

उनले दैनिक बिहान ७ बजे देखि ९ बजे सम्म कार्यालय खोलेर सेवा दिइरहेको र त्यस बाहेको समयमा सदस्यलाई रकम आश्यक परेमा सम्पर्क व्यक्ती मार्फत सेवा लिन पनि उनले आग्रह गरेका छन् ।

सहकारी भनेकै सदस्यको लागि हो’ अध्यक्ष पाठकले भने, विपत्को बेलामा सदस्यहरुलाई सक्दो सेवा र्पुयाउनु पर्छ ।

संस्थाले ७२ सालको भूकम्प पछि प्राकृतिक विपत् कोष स्थापना गरेको र सो कोषमा हालसम्म ७ लाख ५० हजार रकम जम्मा भएको उनले जानकारी दिए ।

नयाँ सहकारी ऐन २०७४ र नियमावलीले धेरै कोषहरुको अनिवार्य व्यवस्था गरेपनि प्राकृतिक विपत् कोषको व्यवस्था गर्न नसकेको उनेले बताए ।

अध्यक्ष पाठकले ऐन र नियमावलीमा नै सहकारीहरुले कर व्यवस्था अघि नै नाफाको ०.५ प्रतिशत प्राकृतिक विपत् कोषमा जम्मा गर्न पाउने व्यवस्था गरे यस्तो समयमा उक्त कोषबाट समस्यामा परेकाहरुलाई राहत सहयोग गर्न सकिने बताए ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार २२:१४