मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति



काठमाडौं। नेपाल राष्ट्र बैंकले मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

मेगा र पश्चिमाञ्चलबीच २०७१ माघ १४ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंक मर्जको लागि राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी दिंदै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले अब छिट्टै नै एकिकृत कारोवार शुरु गर्ने बताए । उनले आफूहरुले नयाँ वर्षको शुरुवातसँगै एकिकृत कारोबार शुरु गर्ने गरी काम अघि बढाएको बताए ।

मर्जमा मेगा बैंकको स्वाप रेसियो १०४ रुपैयाँ तोकिएको छ भने पश्चिमाञ्चल विकास बैंकको २५ रुपैयाँ ६७ पैसा रहेको छ ।

दुई संस्थाबीच मर्जरपछि मेगा बैंककै नाममा कारोबार शुरु गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार ०१:१२