स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसीबीच डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसीबीच डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता



काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनी(एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट (डिएससी)  प्रदान गर्नेे सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अन्तर्रािष्ट्रय ग्राहक प्रमुख गोरख राणाले र एनसीसीका तर्फबाट अध्यक्ष विप्लव मान सिंहले हस्ताक्षर गरे ।

सम्झौता पश्चात स्ट्याण्डर्ड चार्टर्ड नेपालमा डिएससी प्रयोग गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । स्टाण्डर्ड चार्टर्ड नेपालले डिएससीलाई ग्राहकहरुबाट कागजातको आधिकारिकता प्राप्त गर्नका निम्ति विभिन्न चरणमा कार्यान्वयन गर्ने जनाएको छ । डिजिटल सिग्नेचर तथा सर्टिफिकेटको उपलब्धता तथा प्रयोगले बैंकलाई ग्राहक मार्फत सम्बन्धित कागजात विद्युतीय प्रणालीमै प्राप्त गर्ने र स्वीकृत गर्ने अवसर प्रदान गर्ने र जोखिम घटाउने अपेक्षा बैंकको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले नेपालका बैंकहरु मध्ये डिएससी प्राप्त गर्ने पहिलो बैंक भएकोमा खुसी व्यक्त गरेका छन् । उनले सो सम्झौताले स्ट्याण्डर्ड चार्टर्डलाई ग्राहक अनुभवमा सुधार ल्याउँदै आफ्नो अभौतिकीकरणको एजेन्डा तर्पm अझै नजिक लैजाने बताए साथै उनले नेपालका बैंकहरुको लागि अभौतिकीकरण प्राथमिकताको विषय रहेको समेत औंल्याए ।

त्यस्तै एनसीसीकाका अध्यक्ष सिंहले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई डिएससी प्रदान गर्न पाएकोमा खुसी लागेको बताए ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार ०२:१४