शेयर बजार आगामी मंगलवारदेखि, कारोबार भने दुई घन्टा मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजार आगामी मंगलवारदेखि, कारोबार भने दुई घन्टा मात्र



काठमाडौं । शेयर बजार आगामी मंगलवारदेखि सूचारु हुने भएको छ । तर कारोबार भने दुई घन्टा मात्र हुनेछ ।

शुक्रवार नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई वैशाख ३० गते मंगलवारदेखि बजार खोल्न निर्देशन दिएको हो । बोर्डका अनुसार अव दुई घण्टा मात्र कारोबार खुला हुने छ ।

यस अनुसार विहान ११ देखि दिनको १ बजेसम्म शेयर कारोबार हुनेछ । शेयर कारोबार मंगलवारदेखि खुला हुने भएपनि ब्रोकर कार्यालयहरु भने वैशाख २८ गतेदेखि मात्र खुला हुनेछन् । बोर्डले दिएको जानकारी अनुसार आइतवारदेखि कार्यालय खुला गर्न ब्रोकरहरुलाई पनि निर्देशन दिइसकिएको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार २१:३८