पाँच लाख ८८ हजार बढी नेपाली स्वदेश फर्किन इच्छुक, भिसाको म्याद सकिए समस्या नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

पाँच लाख ८८ हजार बढी नेपाली स्वदेश फर्किन इच्छुक, भिसाको म्याद सकिए समस्या नहुने



काठमाडौं । सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ ।

विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको बताए ।

कोरोनाको संक्रमणका कारण बिस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको स्पष्ट पारे ।

हाल नेपाल फर्कने नेपालीको संख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने सरकारको अनुमान छ ।

खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या दुई लाख १० हजार ८७१ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने भन्ने चुनौती छ । हाल देशभर तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसंख्याको १५ प्रतिशत जनसंख्या मुलुक बाहिर छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलवार १३:२१