नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले घट्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को असर रेमिट्यान्समा परेको छ । नेपाली रोजगारीमा जाने अधिकांश मुलुकमा कोरोना संत्रासले आक्रान्त पारेपछि नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका चालू आवको नौ महिने प्रतिवेदनमा रेमिट्यान्स घटेको देखिएको हो ।

फागुनसम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिट्यान्स भित्रिने गरेको थियो । चैतमा भने ३४ अर्ब ४८ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको छ । वैशाखमा यो अझै घट्ने आँकलन गरिएको छ ।

फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैतमा साढे ३४ अर्बले बढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो चैतको तुलनामा भने ४ प्रतिशतले मात्र घटेको देखिन्छ ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार १७:०४