काठमाडौं उपत्यका भित्र चारवटा आधुनिक नयाँ शहर निर्माण हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौं उपत्यका भित्र चारवटा आधुनिक नयाँ शहर निर्माण हुने




काठमाडौं । काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ ।

समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहरको डिपिआर स्वीकृत गरेको छ ।बाँकी दुईवटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय)को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।

समितिको जेठ २५ गतेको बैठकले डिपिआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछी कार्यान्वयनमा जाने छ ।

काठमाडौं उपत्यकाभित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन् ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुदै महादेव खोलासम्मको क्षेत्र समावेस गरिएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७७, आईतवार २१:३०