नौ महिनासम्ममा नेपाल टेलिकमको खुद नाफाः ७ अर्ब ५६ करोड ५५ लाख रुपैंयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नौ महिनासम्ममा नेपाल टेलिकमको खुद नाफाः ७ अर्ब ५६ करोड ५५ लाख रुपैंयाँ



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालू आर्थिक वर्षको नौ महीनासम्ममा ७ अर्ब ५६ करोड ५५ लाख रुपैंयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यो नाफा गत वर्ष यसै अवधिसम्म ७ अर्ब ९० करोड ६७ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४ प्रतिशत कम भएको हो ।

गत वर्षभन्दा यस वर्ष कुल आम्दानीमा २ दशमलव ४३ प्रतिशत कमि आएपछि कम्पनीको नाफा पनि कम भएको हो । गत वर्ष तेस्रो त्रैमाससम्म २७ अर्ब ५० करोड ६० लाख ७५ हजार कुल आम्दानी गरेको उक्त कम्पनीले यस वर्ष २६ अर्ब ८३ करोड ६६ लाखमात्र आम्दानी गरेको छ ।

धितोपत्र बजारमा अन्य समुह शिर्षकमा उक्त कम्पनी सूचीकृत रहेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी १५ अर्ब छ । जगेडाकोष रकम भने गत वर्षभन्दा यस वर्ष ४ दशमलव १४ प्रतिशत बढी कायम भएको छ ।

गत वर्ष यस अवधिसम्म रू। ७३ अर्ब ९१ करोड १४ लाख ८१ हजार रहेको उक्त कम्पनीको जगेडाकोष रकम यो वर्ष ७६ अर्ब ९७ करोड ५० लाख ६८ हजाररुपैंयाँ पुगेको छ । उक्त कम्पनीको कुल सम्पत्ति रू। १ खर्ब ४४ अर्ब ९३ करोड ३० लाख ३९ हजार रहेको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार २१:४९