एनबी इन्स्योरेन्सको पनि सेयर डिम्याट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबी इन्स्योरेन्सको पनि सेयर डिम्याट



nbकाठमाडौं  । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अब अभौतिकीकरण (डिम्याट) हुने भएको छ ।

सेयर डिम्याट गर्ने सन्दर्भमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र एनबी इन्सुरेन्स कम्पनी लिमिटेडबीच बुधबार सम्झौता भएको हो । सम्झौता पत्रमा सिडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुले आफनो सेयर डिम्याट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सेयर डिम्याट भएपछि लामो समय कारोबार बन्द रहेको इन्स्योरेन्सको सेयर कारोबार गर्न बाटो खुल्ने छ ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार ०९:१०