आर्थिक वर्ष २०७७/०७८ को बजेट पोहोर भन्दा ५८ अर्बले कम (पूर्ण पाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक वर्ष २०७७/०७८ को बजेट पोहोर भन्दा ५८ अर्बले कम (पूर्ण पाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षकोभन्दा ५८ अर्बले कम हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

चालू खर्चतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब विनियोजन गरिएको छ ।

यसरी सरकाले चालूतर्फ ६४ प्रतिशत, पुँजीगततर्फ २३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११.७ प्रतिशत खर्च विनियोजन गरेको हो ।

खर्च व्यवस्थापनतर्फ सरकाले राजश्वतर्फ आठ खर्ब ८९ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ । विदेशी अनुदानबाट ६० अर्ब प्राप्त हुने र वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब रकम जुटाइने सरकारी योजना छ । यसबाट अपुग हुने दुई खर्ब २५ अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने सरकाले जनाएको छ ।

कोरोनाको प्रभाव केही समयमै सामान्य हुने र प्रस्तुत बजेटको परिचालनबाट अर्थतन्त्र पुनः चलायमान हुन गइ अघिल्ला वर्षका औसतसरह ७ प्रतिशत नै आर्थिक वृद्धि हासिल हुने अनुमान सरकारले प्रस्तुत गरेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहीबार २१:३३