कुमारी बैंकको विशेष साधारण सभाः देवःविकास बैंकको प्राप्तीको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको विशेष साधारण सभाः देवःविकास बैंकको प्राप्तीको प्रस्ताव पारित




काठमाडौं । कुमारी बैंक लिमिटेडको संचालक समितिको विशेष साधारण सभा सम्पन्न भएको छ ।

अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा सोमबार बैंकको नक्साल प्राङ्गणमा साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवःविकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन भएको छ ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । विशेष साधारण सभा मार्फत प्राप्ति पश्चात कुमारी बैंककोप्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुनेगरी स्वाप रेसियो स्वीकृत भएको छ ।

यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लेटफर्म जुममार्फत शेयर धनीहरुको सुझाव लिएको थियो ।

बैंकको आन्तरिक वित्तिय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १९:४१