सुजुकीले ल्यायो नयाँ बर्षमा ‘ह्याप्पी न्यू कार’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुजुकीले ल्यायो नयाँ बर्षमा ‘ह्याप्पी न्यू कार’ योजना



काठमाडौं। सुजुकी मोटरले नयाँ बर्षको अवसरमा नयाँ ह्याप्पी न्यू कार योजना ल्याएको छ। सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा यो योजना ल्याएको हो।

कम्पनीले यस योजना मार्फत ग्राहकलाई तीन लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर प्रदान गरेको जाएको छ।

कम्पनीले सार्वजनिक गरेको ‘ह्याप्पी न्यू कार’ योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशतको ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी यस कारको खरिदका लाग्ने सडक दस्तुर र नामसारी शुल्क कम्पनी आफैंले व्यहोर्ने जनाएको छ।

कम्पनीले यो योजना २०१६ मोडलका एसक्रश, सियाज, डिजायर, सेलेनो, वायाग्न आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगाएतका गाडीहरुमा उपलब्ध गराएको जानकारी दिएको छ । सुजुकी मोटरको मुलुकभर विभिन्न २६ शहरका ३० वटा आधिकारिक विक्री कार्यालय र २० वटा सर्भिस सेन्टर रहेका छन्।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार १०:४८