हिमालयन बैंकले १४ प्रतिशत हकप्रद जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकले १४ प्रतिशत हकप्रद जारी गर्दै



काठमाडौ । हिमालयन बैंकले १४ दशमलव २८ प्रतिशतका दरले हुने ७ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । जसका लागि बैंकले लक्ष्मी क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन सम्बन्धमा बैंक र क्यापिटलबीच बुधवार सम्झौता भएको छ । सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले हस्ताक्षर गरेका छन् ।

बैंकले गतआर्थिक बर्षको लाभांश वितरणपछि कायम चुक्ता पुँजीको १४ दशमलव २८ प्रतिशतका दरले हुने ७ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको १०० कित्ता शेयर हुनेले १४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको २३ औ साधारणसभाले गएको आर्थिक बर्षको लाभांश वितरण पश्चात कायम चुक्ता पुँजीको १४ दशमलव २८ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

बोनश वितरणपश्चात बैंकको चुक्तापुँजी ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्तापूँजी ५ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार १३:१६