सिद्धार्थ र बिजनेस युनिभर्सल बैंकको विशेष साधारणसभा वैशाख १२ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ र बिजनेस युनिभर्सल बैंकको विशेष साधारणसभा वैशाख १२ मा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारण सभा बैशाख १२ गते राजधानी काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा हुने भएको छ । सभाले २५ प्रतिशत अर्थात ४ शेयर बराबर १ शेयर (४ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने, विजनेश युनिभर्सल बैंकसँग एक आपसमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारीत गर्ने र स्वाप रेशियो पारीत गरी मर्जरलाई अन्तिम स्वीकृती दिने सम्बन्धी प्रस्ताव विशेष साधारण सभामा लैजाने बैंकले जानकारी दिएको छ ।

त्यस्तै सोही दिन बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको विशेष साधारणसभा अमृतभोग क्याटरर्स प्रालि, डिल्लीबजारमा हुने भएको छ । बैंकको विशेष सभाले सद्धार्थ बैंकसँग एक आपसमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारीत गर्ने र स्वाप रेशियो पारीत गरी मर्जरलाई अन्तिम स्वीकृती दिने सम्बन्धी प्रस्ताव विशेष साधारण सभामा लगिदैंछ ।

मर्जपछि बैंकको नाम सिद्धार्थ बैंक नै राख्ने निर्णय गर्ने भएको छ । मर्ज सकिए लगत्तै दुबै बैंकका लगानीकर्ताले २५ प्रतिशत हकप्रद शेयर किन्न पाउने भएका छन् । बिशेष साधारणसभाले मर्ज पुरा भएको प्रस्ताव पारित गरी राष्ट्र बैकबाट स्वीकृत भएपछि हकप्रद निश्काशन गर्ने गरी पूँजी बृद्धि गरिनेछ ।

२ अर्ब ४३ करोड चुक्ता पूँजी भएको सिद्धार्थ र १ अर्ब ५ करोड भएको बिजिनेश युनिभर्सल जोडिदा ३ अर्ब ५० करोडको हाराहारीमा चुक्ता पूँजी पुग्ने देखिन्छ तर स्वाप रेसियोको आधारमा मिलान गर्दा केही कम नै होला । राष्ट्र बैंकले समानुपातिक रुपमा पूँजी बृद्धि गर्नुपर्ने प्रावधान लागु गरेकाले २५ प्रतिशत हकप्रद बिक्री गरेपछि चुक्ता पूँजी ४ अर्ब नाघ्ने देखिन्छ ।

मर्जको प्रक्रियामा रहेकाले दुवै बैंकको शेयर कारोबार पुस २३ गतेदेखि बन्द रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार १३:१९