दुनियाँले थाहा नपाएको बिल गेट्सका दर्जन तथ्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुनियाँले थाहा नपाएको बिल गेट्सका दर्जन तथ्य



NEW YORK, NY - SEPTEMBER 24:  Bill Gates, chairman and founder of Microsoft Corp., listens during the Clinton Global Initiative (CGI) meeting on September 24, 2013 in New York City. Timed to coincide with the United Nations General Assembly, CGI brings together heads of state, CEOs, philanthropists and others to help find solutions to the world's major problems.  (Photo by Ramin Talaie/Getty Images)

विश्वकै धनी विल गेट्स आफैंमा एउटा देश हुन्थे भने उनी विश्वका ६३ औं धनी हुन्थे । उनको हालको सम्पत्ति ६२ अर्ब अमेरिकी डलर छ ,तर उनका सन्तान एकजनाले केवल एक करोड अमेरिकी डलर मात्र पैत्रिक सम्पत्तिका रुपमा पाउनेछन् ।

बिल गेट्सले ३० वर्षकै उमेरमा करोडपति बन्ने सपना देखेका थिए,तर उनलाई करोड पति बन्न ३१ वर्ष लागेको थियो । अब्राहम लिंकन,बाल्ट डिस्नी,थोमस एल्बा एडिसन,मार्क जुकरवर्ग,हेनरी फोर्डजस्तै गेट्ससँग पनि कलेजको डिग्री छैन । गेट्स सन् १९७७ मा लाइसेन्सबिनै गाडी चलाएको र रातो बत्तीमा पनि सडक पार गरेकोमा गिरफ्तारीमा परेका थिए ।

सन् २००४ मा गेट्सले स्पाममेलसँग सम्बन्धित सबै समस्या समाधान हुन्छ भन्ने भविष्यवाणी गरेका थिए,तर ती हालसम्म भएका छैनन् । गेट्सले अहिलेसम्म २८ अर्ब दान गरिसकेका छन् । उनी धेरैजसो स्वास्थ्य क्षेत्रमा दान गर्छन् । आफ्नो सम्पत्ति ३६ अर्ब भइसक्दासम्म पनि सन् १९९७ सम्म उनी जहाजको इकोनोमिक क्लासमै यात्रा गर्थे ।

कलेजमा भर्ना हुन आवश्यक पर्ने स्याटको १६०० पूर्णांकमा उनले गेट्सले १५९० ल्याएका थिए । उनले एक वर्षमा आफ्नो घरको सम्पत्ति करमात्रै एक लाख डलरभन्दा बढी बुझाउँछन् ।

हरेक दिन १० लाख डलर खर्च गर्ने हो भने बिल गेट्सको सबै सम्पत्ति सकित २१८ वर्ष लाग्छ ।  एजेन्सीको सहयोगमा

प्रकाशित : १२ पुष २०७३, मंगलवार १५:३१