युनाइटेड इन्स्योरेन्सको २० प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाइटेड इन्स्योरेन्सको २० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीको २५४ औ संचालक समितिको बैठकबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १४ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्ताबित बोनस शेयर पारित भए पश्चात बिमाको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ पुग्नेछ । सो प्रस्ताव विमा समितिबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षमा ९३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्रतिशेयर आम्दानी ३ दशमलव ७ रुपैयाँ र मुल्य आम्दानीको अनुपात १ सय ६ दशमलव ७५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८४ दशमलव २८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ चैत्र २०७२, शनिबार ०३:५१