मेक्स र रोयल सेक्युरिटिज एक्चेन्ज अफ भुटानबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेक्स र रोयल सेक्युरिटिज एक्चेन्ज अफ भुटानबीच सहकार्य



काठमाडौं ।  मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड र भुटानको रोयल सेक्युरिटिज एक्सचेन्ज अफ भुटान लिमिटेड (आरएसईबिएल) बीच आपसी सूचना आदानप्रदान तथा प्रविधि सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
यसैक्रममा आरएसइबिएलका प्रमुख कार्यकारी अधिकृत डोर्जी फुन्ट्सो को नेतृत्वमा सात सदस्यीय टोली मेक्सको कार्यालय काठमाडौंमा सम्पन्न पाँच दिने कार्यक्रममा सहभागी भएका थिए ।
 कार्यक्रम अनलाइन ट्रेडिङबाट भुटानको कृषि उत्पादनको भौतिक हस्तान्तरणका लागि बजार व्यवस्थापन सम्बन्धमा छलफल तथा परामर्श भएको मेक्सले जनाएको छ ।
आरएसइबिएलले छिटै भुटानको कृषि उत्पादनको भौतिक हस्तान्तरणको (मोड्युल) आरम्भ गर्ने भएको छ ।

यस कार्यविधिले भुटानका कृषकको अधिकतम लाभमा सहयोग पु¥याउनेछ, जुन वस्तु बजार संयन्त्रको मूल उद्देश्यसमेत रहेको मेक्सको भनाई छ ।

यो मोड्युल परम्परागत निलामी प्रक्रियाको कम्प्युटर प्रणालीमा रुपान्तरण हो । यस मोड्युलले बजारको पारदर्शिता अभिवृद्धि गर्न, विनियमन सुर्धान र साथै कषिप्रदान देशको स्थानीय कृषिजन्य उत्पादनको मापदण्ड तयार गर्न पनि सहयोग पु¥याउने विश्वास लिइएको छ ।
 यो बजार संयन्त्रलाई ठोस गरी गोदाम वा भन्डार व्यवस्थापन प्रणालीमा निर्भर छ, जसले गर्दा यस बजार कृषि जन्य वस्तुको श्रेणी निर्धारण गर्ने नियमकको रुपमा कार्य गर्नुका साथै कृषक र खरिद कर्ताको वित्त व्यवस्थापन गर्ने राफसाफ गृहको रुपमा पनि काम गर्न सहज हुनेछ ।
यो प्लाटफर्म प्रयोग गरी विक्रेता र क्रेताको खरीद र विक्री मूल्य तथा संख्यालाई मेल÷बराबर बनाउने कार्य पनि गरिन्छ ।
उपलब्ध अर्डरहरुमध्ये क्रेता तथा बिक्रेताका लागि सबैभन्दा उपयुक्त मूल्यमा अर्डर कार्यान्वयन हुनेछ । यस तरिकाबाट किसानले मूल्य जोखिमबाट बच्न सक्छ भने क्रेताले बजारको प्रतिस्पर्धी मूल्यमा वस्तु पाउनेछ ।
नेपाल पनि कषि प्रदान देश भएकाले यस्तो पद्धतिले नेपालका किसानलाई धेरै सहयोग पु¥याउन सक्छ ।

नेपाली बजारमै प्रथम पटक अनलाइन कारोबारस्थल मार्फत् सुन तथा चाँदीको मूल्य विश्लेषण गरी कारोबार गरी भौतिक हस्तान्तरण लिन सकिने सुविधा मेक्स नेपालले ल्याइसकेको छ ।

प्रकाशित : २७ चैत्र २०७२, शनिबार ०३:५४