भैंसेपाटीलाई केन्द्र बनाएर ४.५ रेक्टर स्केलको पराकम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भैंसेपाटीलाई केन्द्र बनाएर ४.५ रेक्टर स्केलको पराकम्प



earthquacke-54काठमाडौं । शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेर ५ मिनेटमा ४.५ रेक्टर स्केलको पराकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको भैंसेपाटी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साँझको समयमा भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।

तर, केन्द्रले भने यो नयाँ भूकम्प नभए वैशाख १२ को भूकम्पको पराकम्प भएको जनाएको छ ।

गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४४६ परकम्प गइसकेका छन् ।

प्रकाशित : २७ चैत्र २०७२, शनिबार १५:३५