नेप्से १८ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से १८ अंकले बढ्यो



काठमाडौं । सोमबार नेप्से परिसुचक १८ दशमलव ४९ अंकले उकालो लागेको छ । आइतवार ८ सय ७१ दशमलव ७४ अंकमा पुगेर बजार बन्द भएकोमा आज८ सय ९० अंकमा पुगेर बजार बन्द भएको छ ।

सो दिन कारोवारमा आएका मध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ७९ दशमलव ७७ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ तथा इन्स्योरेन्स समुहको सूचक क्रमशः २० दशमलव ९७ र ४४ दशमलव ४८ अंकले बढेको छ । अन्य समुहको १९ दशमलव ९७,विकास बैंकको १ दशमलव १५ अंकले बढेको छ ।

यता  फाइनान्स समूहको परिसूचक भने ० दशमलव १४ अंकले ओरालो लागेको छ । ९२ कम्पनीको ६ लाख ९१ हजार कित्ता सेयर किनवेचबाट सो दिन २७ करोड ३० लाख बराबरको कारोवार भएको छ ।

 

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार १२:३५