अपि पावर ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अपि पावर ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बन्ने



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाले १ बराबर २ अर्थात २०० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्न हिजो चैत २७ गते विशेष सधारणसभा बोलाएको थियो । उक्त सभाले पुँजी बृद्धिका लागि हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीलाई अबको ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बनाउने उद्येश्यका साथ पुँजी बढाउनु परेको जनाएको छ । हाल १ सय करोड चुक्ता पुँजी रहेको कम्पनीको वोनस सेयर वितरणपछि पुँजी ३ सय करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले अहिले ८ मेगावाटको अपर नौगडगढ जलविद्युत आयोजना र ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको छ भने ७५ मेगावाटको आयोजना निर्माण गर्न लागेको सिद्घकाली पावर कम्पनीको वहुमत सेयर किन्न लागेको छ ।

कम्पनीले हकप्रद सेयर जारी गरी उठाएको सेयर पूँजीबाट नूवाकोटको त्रिशुली गल्छीमा ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गर्ने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार ०७:०३