वाणिज्य बैंक चम्केपछि नेप्से हालसम्मकै उच्च बिन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंक चम्केपछि नेप्से हालसम्मकै उच्च बिन्दुमा



1863793742_1460282158काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ५ अंकले बढेर १ हजार ३ सय ८२ दशमलव ४२ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स १ दशमलव २६ अंकले बढेर २ सय ९८ दशमलव ६४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय ३० वटा कम्पनीहरुको ३ हजार १ सय १८ वटा कारोबारबाट ६७ करोड ३४ लाख ७ हजार ३ रुपैयाँ बराबरको ११ लाख २७ हजार १ सय ५ कित्ता शेयरहरु कारोबार भएका छन् । बुधबारको तुलनामा कारोबार रकम ११ करोड ७३ लाख ५७ हजार १ सय ७७ रुपैयाँले बढेको छ ।

नबिल बैकको प्रमोटर शेयरको आज सबै भन्दा बढी ६ करोड ४५ लाख १८ हजार १ सय २६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ५८ लाख १८ हजार १ सय १ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको ४ करोड ७४ लाख ७४ हजार ४ सय ५३ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको ३ करोड ६८ लाख ५ हजार ३ सय ९१ रुपैयाँ र ग्लोबल आईएमई बैंकको ३ करोड ६६ लाख ८१ हजार ७ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रोगेसिभ फाइनान्सको सबै भन्दा धेरै ७ दशमलव ४३ प्रतिशतले मुल्यमा वृद्धि भएको छ । त्यस्तै साहारा विकास बैंकको ६ दशमलव ७२ प्रतिशतल र बागमती डेभलपमेन्ट बैंकको ६ दशमलव ३५ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ३ दशमलव ७८ प्रतिशतले गुमाएका छन् । त्यस्तै सगरमाथा फाइनान्सको ३ दशमलव ५५ प्रतिशतले र सगरमाथा इन्स्योरेन्सको ३ दशमलव ३० प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढनेमा उत्पादक तथा प्रशोधन समुह २१ दशमलव १७ अंकले रहको छ । त्यस्तै बैकिंग समुह १० दशमलव ७३ अंकले, अन्य समुह १ दशमलव १८ अंकले र फाइनान्स समुह १ दशमलव ४४ अंकले बढेको छ भने विमा समुह ४६ दशमलव १५ अंकले, होटल समुह ५ दशमलव ६१ अंकले, जलविद्युत समुह ४ दशमलव ९७ अंकले र विकास बैंक समुह १ दशमलव ५८ अंकले घटेको छ ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार ११:३०